दफा ३४
यात्रीगुण्टा हराएको मानिने
(१) कुनै यात्रीले दर्ता भएको आफ्नो यात्रीगुण्टा पाउनको लागि सम्बन्धित स्टेशन प्रमुख समक्ष अनुरोध गरेको मितिले सात, दिनभित्र त्यस्तो यात्रीगुण्टा निजलाई हस्तान्तरण नगरेमा वा कुनै अधिकारप्राप्त अधिकारीको जिम्मा नलगाएमा त्यस्तो यात्रीगुण्टा हराएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम हराएको पन्ध्र दिनभित्र यात्रीगुण्टा पाइएमा स्टेशन प्रमुखले सम्बन्धित यात्रीलाई तुरुन्त सूचना दिई त्यस्तो यात्रीगुण्टा बुझाउनु पर्नेछ। त्यसरी यात्रीगुण्टा बुझाएकोमा सो यात्रीले यात्रीगुण्टा बापत कुनै क्षतिपूर्ति लिएको भए सो रकम फिर्ता गर्नु पर्नेछ।
(३) यात्रा गरेको मितिले तीस दिनभित्र सम्बन्धित यात्रीले यात्रीगुण्टा माग गर्न नआएमा तोकिएको प्रक्रिया पूरा गरी त्यस्तो यात्रीगुण्टामा बोर्डको स्वामित्व कायम गर्न सकिनेछ।